बाँकेमा दैनिक सय बढीमा कोरोना संक्रमण

नेपालगन्ज : कोरोना संक्रमण शुन्यमा झरेको बाँकेमा केहीदिन यता दैनिक सय जना भन्दा बढीमा संक्रमण देखिन थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्याँक अनुसार जिल्लाका तीनवटा प्रयोगशालामा पछिल्लो दुईदिन यता परिक्षण गरिएका मध्य एकसय जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको पाईएको हो । केन्द्रका कोरोना फोकलपर्सन तेज बहादुर ओलीका अनुसार बिहिबार १ सय ७६ जनाको परिक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भयो । यो कुल परिक्षणको ६४ प्रतिशत हो । भेरी अस्पतालमा १ सय १ जनाको परिक्षण गर्दा ७० जना अर्थात ६९ दसमलव ३० प्रतिशत, मेडिकल कलेज कोहलपुर ल्यावमा ५३ जनाको परिक्षणमा ३२ अर्थात ६० दसमलव ३७ प्रतिशत र बागेश्वरी ल्यावमा १३ जनाको परिक्षणमा ६ अर्थात ४६ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
बुधबार १ सय ६७ जनाको परिक्षण गर्दा १ सय ८ जना अर्थात करिव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । यसले बाँकेमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको देखिन्छ । विज्ञहरुले माघको दोस्रो साता कोरोना संक्रमण अत्याधिकरुपले बढनसक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन ।