बुद्ध एयरको विमानमा महिला बेहोस भएको यस्तो छ कारण…

नेपालगन्ज : बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलको आकाशमा ३५ मिनेट होल्ड हुँदा भारतको दिल्लीबाट काठमाडौं आएकी ४७ वर्षीया जानुका थापा बेहोस भइन् । बिहीबार बिहान ७ः४४ बजे काठमाडौंबाट विमान वर्षाका कारण नेपालगन्जमा ९ः१९ ल्याण्ड भएको थियो । राँझास्थित सैनिक अस्पताल नेपालगन्जमा झन्डै एक घण्टा उपचारपछि होस आयो र उनी दिउँसो जेठानी दिदीलाई भेट्न सुर्खेत गएकी छन् ।

घटना विवरण
मेरो खुसीसँगको टेलिफोन सम्पर्कमा थापाले घटनाबारे यस्तो बताइन् :
काठमाडौंबाट आउँदा मौसम एकदम सफा थियो । नेपालगन्जमा पुग्दा पूरै कुहिरोले ढाक्यो । विमान तल(माथि, तल(माथि गरिरहेको थियो । एक घण्टामा ल्याण्ड गर्नुपर्ने, गरेन । ९बुद्ध एयरबाट काठमाडौं(नेपालगन्ज उठान ५५ मिनेटको हुन्छ० । दुई घण्टा जति भएजस्तो लाग्यो ।
विमान परिचालिकाले मौसम खराब छ । अब १५ मिनेटमा पुग्छौं भनेर भनिरहेकी थिइन्। एक्कासी एकदमै गर्मी भयो । मैले ज्याकेट फुकाले । मफलर पनि उतारे । गर्मी हुँदा हुँदा मेरो त दुईवटै हात पनि बाउडिन लागे। हात नै चलेन । चिसो भयो हात । मैले बोलाए । मलाई यस्तो भयो, हेर्नुस् त भने । एयर होस्टेजहरु आए । भित्र डाक्टर पनि हुन्थ्यो। उहाँ आएर मेरो हात मुसार्नु भयो। मुसार्दा मुसार्दै मेरो हात त ठन्डा भएसकेछ । मैले भने मेरो हात ठण्डा भयो । छिटो मलाई यहाँबाट बाहिर निकाल्नुस् । निकै अप्ठ्यारो भयो । खुल्ला हावामा कतिखेर पाउँजस्तो भयो। म अब बाँच्दैन भने । तपाईँहरुको केही सुरक्षा छैन कि क्या हो रु भनेर म खुब चिल्लाएकी थिए । मलाई छिटो बाहिर लैजानुस् भने । म एक सेकेण्ड पनि बाँच्दैन, छिटो लानुस् भनिरहेँ । उहाँहरुले केही हुँदैन । केही हुँदैन । ल्याण्ड हुन लागिसक्यो । तपाई घबराहट नहुनुस् भनिरहे । विमानमा केहीजना आत्तिएका थिए । मेरो पछाडिका दुईजना नानीहरु मम्मी मम्मी भन्दै रुँदैथिए । कोही मुखामुख गरिरहेका थिए । कोही हाँस्दै थिए । मलाई त्यही बेला उल्टी भयो । लगत्तै जहाज ल्याण्ड भयो भनियो । त्यसपछि मलाई केही पनि थाहै छैन । म कहाँ आएँ रु कहाँ ल्यायो रु विमानमा चढ्नुअघि खाना पनि खाएकी थिइनँ।
मैले धेरै हवाइ यात्रा गरेकी छु । यो पहिलो यात्रा पनि होइन । मलाई कुनै रोग पनि छैन । फिट एण्ड फाइन नै छु । खै के भयो मलाई थाहा छैन। अस्पतालमा सुगर देखिएको छ भनेर डाक्टरले भन्नु भएको छ । अहिले मेरो स्वास्थ्य अवस्था ठीक छ । सुर्खेत जाने तयारीमा छु ।