नेपालगन्जमा निःशुल्क मास्क वितरण (फोटो फिचर)

नेपालगन्ज : कोरोना संक्रमण दिनदिनै बढेसँगै नेपालगन्जमा मास्क वितरण अभियान सञ्चालन गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रले होटल व्यवसायीसँगको सहकार्यमा शुक्रबार सीमा नाका जमुनाहा र वीपी चोक क्षेत्रमा निःशुल्क मास्क वितरण गरेका हुन् । केन्दका अध्यक्ष दीपेन्द्रकुमार जोशीले शनिबार बसपार्क क्षेत्रमा मास्क वितरण गरिने बताए । जोशीले नेपालगन्ज क्षेत्रमा मात्र १० हजार मास्क वितरण गर्ने लक्ष्य रहेको बताए ।