नगर प्रमुख राणाद्वारा तलब/भत्ता वापतको ४० हजार रुपैयाँ गुरुद्वारालाई सहयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जको गुरुद्वारालाई एक महिनाको तलब/भत्ता सहयोग गरेका छन् ।

नगर प्रमुख राणाले शनिबार गुरुद्वारा पुगेर एक महिनाको तलब/भत्ता गरी चालिस हजार रुपैयाँ गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्रसिंह सरदारलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुखमा निर्वाचित हुना साथ मासिक तलब भत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका राणाले विभिन्न सामाजिक कार्यमा खर्च गरिरहेका छन् ।