बाँकेमा लागूऔषधसहित दुई जना पक्राउ

नेपालगन्ज : प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार दिउँसो ४ बजे नेपालगन्ज भन्सार कार्यालय नजिकैबाट कोरेक्स १०० मिलिको २५ बोटलसहित वीरेन्द्रनगर सुर्खेतका बालकृष्ण गिरी र न्यूरोडबाट ३५ ट्याबलेट नाईट्रोजेपामसहित संजय खत्रीलाई नियन्त्रणमा लिएको हो । गिरीलाई भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले बोकेको जेब्रा झोलाबाट लागूऔषध कोरेक्स १०० मिलिको २५ बोटल फेला परेको थियो । गिरीले उक्त लागूऔषध सुर्खेतका संजय खत्रीले आफ्नो झोलामा राखिदिएको भनेकाले खोजतलास गर्दा नेपालगन्ज २ न्यूरोडबाट उनलाई नियन्त्रणमा लिँदा ३५ ट्याबलेट नाइट्रोजेपाम जस्तो ट्याबलेटसमेत फेला परेको जनाएको छ । उनीहरु दुबै जना उपर आवश्यक अनुसन्धान एवं कारबाहीको प्रकृया अघि बढाइएको जिप्रकाले जनाएको छ ।