बाँकेमा ९० डिस्चार्ज, ७७ जनामा संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण पुष्टि हुनेभन्दा पनि डिस्चार्ज हुनेको संख्या बढी भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार शनिबार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ५७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५६ नमूना परीक्षणमा ३०, मेडिकल कलेज कोहलपुरमा ५१ नमूना परीक्षणमा ३३ र बागेश्वरी ल्यावमा २८ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले बताए । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ६ सय २१ पुगेको छ । यस्तै शनिबार थप ९० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ४५ पुगेको छ ।