संक्रमण पुष्टिभन्दा दोब्बर संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण दर ओरालो लाग्दै गएको छ ।
जिल्लामा आइतबार ३६ जनामा कोरोन संक्रमण पुष्टि भएको थियो भने संक्रमित निको हुने संख्या ७१ रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । आइतबार जिल्लाका तीन वटा प्रयोगशालामा ७९ जनाको पीसीआर परीक्षण गर्दा ३६ थियो । कूल स्वाब परीक्षण गरिएकामध्ये झन्डै आधामा मात्र संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २२ नमूना परीक्षणमा १४, मेडिकल कलेज कोहलपुरमा ३७ नमूना परीक्षणमा १६ र बागेश्वरी ल्यावमा २० नमूना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २४ जना रहेका छन् । त्यस्तै जमुनाहा सीमा नाका हेल्थ डेस्कमा २४९ जनाको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ ।