एमाले सम्बद्ध २२ भातृ संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

खम्बप्रसाद पुन । नेपालगन्ज

नेकपा (एमाले) निकट २२ भातृ संगठनले अविलम्ब स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन-पत्र बुझाएका छन् ।
एमाले बाँकेका सचिव रत्न खत्रीको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालय बाँके पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीमार्फत प्रधानमन्त्री देउवालार्ई ज्ञापन-पत्र बुझाएका हुन् ।
संवैधानिक सर्वोच्चता र विधिको शासन पालना गर्न जनप्रतिनिधिको कार्यकाल पूरा हुनु अगावै नयाँ जनप्रतिनिधि निर्वाचित भैसक्नुपर्ने व्यवस्था पालना गर्न उनीहरुले भनेका छन् । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुनै पनि कर्यलाई अस्वीकार गर्ने ज्ञापन-पत्रमा उल्लेख गरिएको छ । निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तहको ऐन २०६३ को दफा ३ बाझिएको भन्ने भनाइ भ्रमपूर्ण रहेकाले भ्रम छरेर जनतालाई राखेर संविधान कुल्चने गठबन्धन सरकारको जुनसुकै कदमलाई भत्सर्ना गर्ने चेतावनी दिएका छन् ।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, नेपाल वुद्धिजिवी परिषद, प्रगतिशील पेशागत कानून ब्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघ, प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल, मानवधिकार एलायन्स, जिफन्ट नेपाल ट्रेड युनियन महासंघ, खेलकुद महासंघ, पेशागत महासंघ, नेपाल लोकतान्त्रिक जनजाति महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ संयुक्त रुपमा ज्ञापन-पत्र बुझाएका हुन् ।