बर्दियामा बलात्कृत भएकी १३ वर्षिया बालिकाले छोरी जन्माइन् !

३ वर्षिया बालिकालाई बलात्कार गरी बच्चा जन्माएको अभियोगमा पक्राउ परेका ४१ वर्षिय मनिराम थारु । फोटो सौजन्य : जिप्रका बर्दिया

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा बलात्कृत भएकी एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार ठाकुरवावा नगरपालिका–६ का ४१ वर्षिय मनिराम थारुबाट बलात्कृत भएको बताउने बालिकाले छोरी जन्माएकी हुन् । पीडित बालिकाले प्रहरीलाई दिएको बयानमा २७ वैशाख २०७८ मा घरमा एक्लै भएको बेला डरत्रास देखाएर थारुले घरभित्रै जबरजस्ती करणी गरेका थिए । यो कुरा कोही कसैलाई भनेमा मारिदिने धम्की दिएका कारण आफू चुप लागेर बसेको उनले प्रहरीलार्ई बताएकी छन् । गत १६ माघमा एक्कासी पेट दुखेर परिवारले नजिकैको क्लिनिकमा लगेर भिडियो एक्सरे गराउँदा उनको पेटमा गर्भ रहेको रहस्य खुलेको थियो । सोही दिन बालिकाले छोरी जन्माएकी थिइन् । पीडितले उजुरी दिए लगत्तै प्रहरीले थारुलाई पक्राउ गरेको छ । जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत बर्दियावाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रका बर्दियाले जनाएको छ ।