कोरोनाबाट रुकुम-पश्चिमका पुरुषको मृत्यु

नेपालगन्ज : रुकुम पश्चिमका एक पुरुषको भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसारआठवीस नगरपालिका-६ का ६५ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । उनले कोरोनाको खोप लगाएका थिएनन् । योसँगै कोरोना संक्रमित भइ बाँकेका अस्पतालमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४४१ जनाको मृत्यु भएको छ ।