बाँकेमा ब्राउनसुगरसहित बर्दियाकी एक महिला पक्राउ

नेपालगन्ज : बाँकेमा लागु औषधसहित बर्दियाकी एक महिला पक्राउ परेकी छिन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राती ९ः५० बजेको समयमा नेपालगंज–१ को शिव मन्दिर नजिकवाट बर्दियाको मधुवन–४ की २५ बर्षिय दुर्गा शर्मालाई १२ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले चेकजाँच गर्नेक्रममा उनले लुकाई छिपाई राखिएको १२ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकी ति महिलालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको बाँके प्रहरीको भनाई छ ।