बाँकेमा ब्राउन सुगरसहित एकजना पक्राउ

नेपालगन्ज: बाँकेमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार बेलुकी ५ः३० बजे नेपालगन्ज–८ स्थित जालाहान पुरुवावाट मोहमद अली कवाडियालाई १९ ग्राम ५२० मि.ग्रा. ब्राउनसुगरसहित पक्राउ गरीएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्दा कवाडियालाई १९ ग्राम ५२० मि.ग्रा. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको बाँके प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।