हिलोमय सडकको मारमा स्थानीय*
रमेशकुमार यादव । झरिया टोल (कम्दी)
बाँके डुडुवा गाउँपालिका–५ को गाउँभित्रको सडक हिलोमय हुँदा स्थानीय पीडित भएका छन्। जेष्ठ नागरिक तथा सहिद स्मारक मावि कम्दीको पूर्वअध्यक्ष गङगाराम सापकोटाका अनुसार कम्दी गायत्री मन्दिरदेखि राँझा जोड्ने सडक हिलोमय हुँदा बालक र वृद्धलाई बाटोमा आउने जाने यात्रीलाई समस्या भएको हो । घर, ओछ्यान र भान्सासमेतमा समस्या पुगेको छ । बुधबार स्वास्थ चौकीमा सुत्केरी गराउने जाने क्रममा अटो रिक्सा पल्टिँदा एक जनाको हात भाँचिएको थियो ।