५२ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ बाट अछाम तुर्माखाद गाउँपालिका-७ घर भइ नेपालगन्ज बसपार्कमा १८ वर्षका प्रेम चलाउने र अछामको पञ्चदेवल विनायक नगरपालिका-४ घर भइ बसपार्क बस्ने वर्ष १८ गौरव विष्टलाई ५२ ग्राम ५०० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । प्रहरीले दुबै जनाबिरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ ।