कोरोनाबाट खजुराका २३ बर्षिय युवकको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा २३ बर्षिय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार बाँकेको खजुरा गाउँपालिका २ का २३ बर्षिय युवकको आईतबार बिहान ५ बजे निधन भएको हो । २७ माघमा भेरी अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका मृतकले भेरोसेल खोपको दुबै मात्रा लगाएका थिए ।