एमसीसीबिरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज : नेकपा एकीकृत समाजवादी पार्टी आवद्ध जनवर्गीय संगठनले आइतबार नेपालगन्जमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
नेपालगन्जको धम्वोझी चोकबाट सुरु भएको प्रदर्शन पुष्पलाल चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेपाल वार एसोसिएसनका सचिव पदम पान्डेले एमसीसीका कानुनी प्रक्रियाबारेमा बताउदै एमसीसीमा रहेका १० वटा बुँदा नेपालको हितमा नरहेको बताएका थिए।नेकपा एसका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले एमसीसी नेपाल र नेपालीको हितमा नभएकोले पार्टीले सशक्त विरोध गरेको बताए । जनवर्गीय संगठन इन्चार्ज किशोर थापाले एमसीसीले नेपाली र नेपाली राष्ट्रियतामा नै धावा बोलेकाले खारेजी नै गर्नुपर्ने तर्क गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी का पोलिटव्युरो सदस्य दलबहादुर सुनार,केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, युवा संघका महासचिव दीपक जिएम र अनेरास्ववियु सचिव टेकेन्द्र मल्ललगायतको उपस्थित रहेको थियोे ।