आज ‘भ्यालेन्टाइन डे’ विश्वभर मनाइँदैै

नेपालगन्ज : आज प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे हो । विश्वभर प्रेमिल जोडीहरूले रातो गुलाब आदान प्रदान गरेर मनाउँछन् । यसरी गुलाब दिनु प्रेम–प्रस्तावका रूपमा मानिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रातो गुलाब मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाब दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो ।
भ्यालेन्टाइन डे तेस्रो शताब्दीको अन्त्यतिर अर्थात इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।