‘टुर दी ठाकुरद्वारा’ चौथो संस्करणको सचिवालय उद्घाटन

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबले चौथो संस्करणको टुर दी ठाकुरद्वाराको मंगलबारमा सचिवालय उद्घाटन गरिएको छ ।

नेपाल वायुसेवा निगमको सुर्खेत रोडस्थित भवनमा मंगलबार नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले सचिवालयको उद्घाटन गरेकी हुन् । नेपालगन्जका साइकल यात्रीले बाँके जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धन गरेको भन्दै उपप्रमुख थापा मगरको क्लबको प्रशंसा गरिन् । क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार आगामी फागुन २० र २१ गते नेपालगन्ज साइकल फेस्टिभल–२०२२ का रुपमा बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न साइकल यात्रा हुनेछ । बुधबारदेखि अनलाइन वा सचिवालयबाट साइकल यात्रामा सहभागी हुन फारम भर्न सकिने क्लबले जनाएको छ ।