खजुरा पनि बालविवाह मुक्त गाउँपालिका घोषणा

खजुरा : बाँकेको खजुरा गाउँपालिका पनि बालविवाह मुक्त घोषणा गरिएको छ ।
खजुरामा मंगलबार आयोजना गरिएको घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिलाई बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लामा यस अघि जानकी र बैजनाथ गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेका छन् ।