हुलाकी राजमार्गको खजुरामा चक्काजाम र प्रदर्शन

हुलाकी राजमार्गको खजुरा बजार क्षेत्रमा टायर बालेर चक्काजाम गर्दै स्थानीय युवा । फोटो : लोकप्रिय न्यूज डटकमबाट

खजुरा : बाँकेको हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा फोरलेन सडकको काम छिटो सम्पन्न गर्न दवाब दिँर्दै बिहीबार स्थानीयले चक्काजाम गरेर प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माधीन १८ सय मिटर बाटो ४ बर्षसम्म पीच नभएपछि स्थानीयले नेपालगन्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शन गरेका हुन् । समयमै सम्पन्न नहुँदा धुलो र हिलोको समस्या झेल्नु परेको छ । स्थानीयले यसअघि पनि राजमार्ग अवरुद्ध पारेको यो पहिलो घटना भने होइन । यसअघि पनि यसैगरी प्रदर्शन गरिएको थियो । सडक निर्माण गर्ने ठेक्का गजुरमुखी कन्ट्क्सनले पाएको छ । कोभिडका बहानामा काम गर्न नसकेको निर्माण कम्पनीलाई सडक डिभिजनले भने ६ महिना म्याद थपिदिएको जनाइएको छ ।