बाँकेका सात पालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालन
नेपालगन्ज : बाँकेका सातवटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल कुमार चौधरीका अनुसार आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्नको लागि जानकी गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि सेवा विस्तार गरिएको हो ।
मंगलबार डुडुवा गाउँपालिको बेतहनीमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन कार्यक्रममा प्रमुख डा. चौधरीले आर्युबेद चिकित्सालाई ग्रामिण क्षेत्रमा पु¥याउने उद्देश्यले सबै स्थानीय तहमा सेवा विस्तार भईरहेको जानकारी दिए । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्र्तगत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको उनको भनाई छ ।
डुडुवा नागरिक आरोग्य सेवा केन्द्रको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्दै आरोग्य केन्द्रले नागरिकहरुको आयुर्वेद पद्धतीको उपचारमा सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ काम गरिरहेकाले यो आर्युवेद चिकित्सालाई पनि सहयोग पुग्ने भन्दै यो उपचार सेवा रोगी र निरोगी मानिस दुबैका लागि स्वास्थ रहने काम गर्ने बताए ।
आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा स्वास्थ्य प्रर्वद्धन, जेष्ठ नागरिक सेवा, स्तनपान आमा सेवा, विभिन्न किसिमका औषधी वितरण, परामर्श सेवा प्रदान गरिनेछ । सेवा केन्द्रमा एक जना कविराज र सहयोगी कार्यक्रता गरि दुई जनाले सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा वरिष्ठ कविराज निरिक्षक डा गिता रेग्मी, वडाध्यक्ष पटेश्वर कुर्मी, अन्य जनप्रतिनिधी, स्वास्थ्य चौकी इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।