चितुवाको छालासहित बर्दियाका २ र बाँकेका १ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–५ गायत्री टोलबाट बैजनाथ–५ का२८ वर्षका यामबहादुर विश्वकर्मा, बर्दियाको मधुवन नगरपालिका–४ का ३० वर्षका आकाश परियार र सोही ठाउँका ५४ वर्षका लालबहादुर बिकलाई दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुधन न्यौपानेले जानकारी दिए । प्रहरीले उनीहरुबाट सेतो पलास्टिकको बोरामा चितुवाको छाला थान १ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।