एमसिसीले भविष्यमा राष्ट्रियता खतरामा पर्छ : अध्यक्ष लिङ्देन

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीले राष्ट्रियता खतरामा पर्ने बताएका छन् ।
राप्रपाले आइतबार नेपालगन्जमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले एमसिसीलाई अहिले सामान्य लागे पनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पर्ने धारणा जिकिर गरे । सभालाई पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी,महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्तीकुमारी शाही, पूर्वमन्त्रीद्वय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सह महामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए।