सत्तागठबन्धन निर्वाचनसम्म जारी रहन्छ : सञ्चारमन्त्री कार्की

प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फोटो : अर्जुन ओलीको फेसबुकबाट

नेपालगन्ज : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्तागठबन्धन निर्वाचनसम्म जारी रहने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले संविधानको रक्षाका लागि बनेको सत्तागठबन्धनलाई निर्वाचनसम्म लैजानेबारे छलफल भइरहेको बताए । उनले एमसीसी मुलुकको हितमा रहेकाले संसदले पारित गरेको बताए । उनले भने, ‘नेपालको गरिबी निवारण तथा विद्युत र सडक पूर्वाधार विकासमा एमसीसी कोसेढुंगा सावित हुनेछ । एमसिसी सम्झौताका विषयमा बाहिर अनेक अफवाह भ्रम फैलाइएको र यो नेपालको संविधान र कानुन भन्दामाथि छैन ।’