एकैदिन ३८ मोटरसाइकल चालकलाई ४० हजार जरिवाना !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा एकैदिन सवारी नियम विपरित सञ्चालन गरिएका मोटरसाइकलबाट ४० हजार राजस्व संकलन भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार शुक्रबार होलीको दिन मात्र मोटरसाइकलमा तीन जना सवार गर्ने, बिना हेल्मेट मोटरसाइकल चलाउने ६४ व्यक्तिसहित ३८ वटा मोटरसाइकललाई कारबाही गर्दा बाट ४० हजार रुपैयाँ राजस्व संकलन भएको हो । होलीमा अप्रिय घट्ना हुन नदिन र दुर्घटनामा कमी ल्याउन चेकजाँच कडा गरिएको प्रहरीले जनाइको छ । सो दिन टीकापुरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु र एक जना घाइते भएका थिए ।