३ किलो चरेससहित कालिकोटका २ युवा पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले तीन किलो चरेससहित २ जना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार नेपालगन्ज–२ पुष्पलाल चोकको दङ्गाली स्याङजाली होटलबाट आइतबार मध्यान्न १२ बजे कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–९ का २५ वर्षका प्रविन विष्ट र वडा नं. ७ का २३ वर्षका राजबहादुर कार्कीलाई तीन किलो चरेशसहित पक्राउ गरेको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको छ ।