बाँकेमा म्यादी प्रहरीमा आवेदन दिने युवाको भिड (फोटो फिचर)

नेपालगञ्ज  : बाँकेमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड लागेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले देशभरवाट म्यादी प्रहरीको भर्ना आह्वान गरेसंगै आईतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आवेदन दिने युवाको भिड लागेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार बाँकेमा १ हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गरिने छ । जस अनुसार १८ देखि ५४ वर्षसम्मका नागरिकले चैत ११ गते सम्म आवेदन दिन सकिने गरी भर्ना खुलेको हो ।
४० दिनको तलब भत्ता पाउने गरी भर्ना सुरु गरिएको म्यादी प्रहरीले एकमुष्ट ३० हजार २४० रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै, पोशाक बापत ६ हजार, राशन बापत सात हजार २०० र एक पटकका लागि सवारी खर्च बापत एक हजार पाउनेछन् ।