धनगढी, नेपालगन्ज र दीपायलमा सर्वाधिक गर्मी !

नेपालगन्ज : लुम्बिनी र सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सर्वाधिक गर्मी भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारको रिपोर्ट अनुसार सर्वाधिक गर्मी धनगढीमा अधिकतम् तापक्रम ३७.२ डिग्री सेल्सियस रहेको छ । त्यहाँको न्यूनतम् तापक्रम भने १७.४ रहेको छ । त्यसपछि नेपालगन्जमा ३७.१ डिग्री सेल्सियस र दीपायलमा ३७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । न्यूनतम् तापक्रम भने यी जिल्लामा बाँकेमा सर्वाधिक २१ डग्री सेल्सियस छ ।