देवीको पूजा उपासना गरेर चैते दशैं मनाइँदै

नेपालगन्ज : विश्वभरका हिन्दु धर्मालम्वीहरुले शनिबार देवीको पूजा उपासना गरेर चैते दशैं मनाइरहेका छन् ।
हिन्दु धर्मशास्त्र अनुसार असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुर्इ पटक दशैं मनाउने गर्छन्। असोजमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । चैते दशैंमा नेपालगन्जको बागेश्वरी मन्दिरलगायत देशैभरीका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुँइचो लाग्छ ।