जसपाद्वारा भण्डारीलाललाई डुडुवा गाउँपालिका अध्यक्षको उम्मेदवारमा घोषणा

रमेशकुमार यादव । जबदुहा
जनता समाजवादी पार्टी (जसपा)ले बाँकेको डुडुवा गाउँपालिका अध्यक्षको उम्मेदवारमा भण्डारीलाल यादवलाई घोषण गरेको छ। यादव डुडुवा ३ का वडा अध्यक्ष हुन् ।
केन्द्रमा सत्ताधारी दलको गठबन्धन बन्ने क्रम जारी रहेकैै बेला पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा डुडुवाको जबदुहामा शुक्रबार आयोजित भेलाले यादवलाई गाउँपालिका अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । यादव शिक्षा पेशाबाट राजनीति आएको हुनाले भेलामा उनले शिक्षा नै विकास मूल आधार भएकाले शिक्षा क्षेत्रमा गुणस्तरीय विकास गरिने प्रतिबद्धता जनाए । उनले कोहलपुरमा भूमिहीनलाई लालपूर्जा वितरण सुरु भइसकेकाले आफू नेतृत्वमा पुगे सुकुम्वासी समस्या समाधान गर्ने बताए । म सुकुम्बासी समस्या समाधान गर्न कोहलपुर नगरपालिकामा झैं लालपूर्जा वितरण गर्नेछु, उनले भने म चाहन्छु । कोही पनि नागरिक भूमिहीन हुनुपर्ने छैन । डुडुवमा कृषिमुखी बनाउने र जनतालाई सिहंदरबारको अनुभूति गराउनेछु ।