एमालेद्वारा नेपालगन्जको नगर प्रमुुखमा मिश्र र उप–प्रमुखमा ढकाललाई चयन (अन्य उपमहानगरको सूचीसहित)

नेपालगन्ज : नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा पशुपति दयाल मिश्र र उप–प्रमुखमा शान्ति ढकालको नाम चयन गरेको छ ।
एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाउने क्रममा नेपालगन्जमा मिश्र र ढकालको नाममा निर्णय गरिएको हो । केन्द्रले नाम टुंगो ढिलो लगाए पनि घोषणा पत्र सार्वजनिक गर्दै मिश्र र ढकालले चुनावी प्रचार जारी राखेका छन् । अन्य उपमहानगरपालिकामा निम्नानुसार उम्मेदवार चयन गरिएको छ ।

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम भट्टराई, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह