राप्रपाद्वारा जुलुसले नगर परिक्रममा गर्दै नेपालगन्जमा मनोनयन दर्ता (फोटो फिचर)

नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता अघि राप्रपाले नेपालगन्जमा निकालेको जुलुस । फोटोहरु : मेरो खुसी

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीले निकै तामझामसहित नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नन्दलाल वैश्य र उप–प्रमुखमा विन्दु चर्ती मगरले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार आइतबार दिउँसो ४ः३० बजे नगर प्रमुखमा वैश्य, उप–प्रमुख मगर, वडा नं. १२ र १७ बाहेक नगरका अन्य २१ वडामा वडाध्यक्ष र सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । राप्रपा महामन्त्री डा.धवल शम्शेर राणा, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतका नेताहरु उम्मेदवारी दर्ता गर्न जिल्ला शिक्षा समन्वय इकाईको कार्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । त्यसअघि राप्रपाले त्रिभुवन चोकबाट त्रिवेणी मोड, धम्बोझी हुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म जुलुस निकालेको थियो ।