नेपालगन्जमा मध्यरातसम्म उम्मेदवारी दर्ता (फोटो फिचर)

नेपालगन्ज : प्रमुख दल तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न नआउँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले सोमबार मध्यरातसम्म पनि उम्मेदवारी दर्ताको प्रक्रिया जारी राखेको छ । रातको १० बजेसम्म पनि उम्मेदवारी मनोनयनको काम जारी रहेको थियो । फाइल रुजु गर्ने, पैसा बुझाउने लगाएका ठाउँमा उम्मेदवार र दलका कार्यकताको भीँड रहेको थियो । नेकपा एकीकृत माओवादी सबैभन्दा ढिलो आएको थियो । नेपाली कांग्रेस, एमाले वडाध्यक्ष र सदस्यको मनोनयन दर्ता पनि अबेरसम्म जारी थियो ।