बाँकेमा झन्डै साढे २ हजारको उम्मेदवारी दर्ता (पालिका सूचीसहित)

नेपालगन्ज : स्थानीय तह निर्वाचन–०७९ मा बाँकेमा प्रमुख/अध्यक्ष, उप–प्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, महिला र दलित सदस्यमा गरी झन्डै साढे २ हजार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी शिवराज पन्तका अनुसार प्रमुख/अध्यक्ष पदमा ७३ जनाको उम्मेदवारी परेको छ । प्रमुख÷अध्यक्ष पदमा सबैभन्दा कम नरैनापुरमा ४ र सबैभन्दा बढी नेपालगन्ज उप–महानगरमा १८ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी उप–प्रमुख/उपाध्यक्ष पदमा ५६ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरमा १०-१० जना र सबैभन्दा कम नरैनापुर र बैननाथमा पाँच-पाँच जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ५१९ जनाको, सदस्यमा ८७२, महिला सदस्य ४२४ र दलित सदस्यमा ३९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।