कृषि क्षेत्र र किसानका मुद्दा मेरो प्राथमिकता : भण्डारीलाल यादव

रमेशकुमार यादव । हल्कारापूर्वा
जनता समाजवादी पार्टीबाट बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भण्डारीलाल यादवले कृषि क्षेत्र र किसानका समस्यालाई आफूले प्राथमिकतामा राख्ने बताएका छन् ।
जसपाले बिहीबार हल्कारापूर्वामा किसानका बीचमा आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष यादवले कृषि क्षेत्रबाट नै डुडुवालाई स्मार्ट गाउँपालिका बनाउने बताए । उनले भने, ‘किसान नै संसारको पालन कर्ता हो । किसान नै हाम्रो भगवान झै हुन्छन् । म किसानको प्रेरणाबाट नै स्मार्ट गाउँपालिका निर्माण गर्नेछु ।’ उनले विभेद रहित व्यवहार गर्दै सधै गरिब किसान बालबालिकाको उज्ज्वल भविष्यको लागि काम गर्ने पनि बताए । आफूले निर्वाचन जितेमा भ्रष्टाचार रहित गाउँपालिका बनाउने पनि प्रतिबद्धता जनाए ।