नेपालगन्ज सहरका सिंह बने नेपाल प्रहरीको महानिरीक्षक

नेपालगन्ज : बाँके निवासी एआइजी धीरजप्रताप सिंह नेपाल प्रहरीको २९औं प्रमुख (महानिरीक्षक) नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । सिंह नेपालगन्ज उपमहानगरपालिका १ हो । उनी दैलेखको नारायण नगरपालिकाको विजौरामा जन्मेका हुन् ।