खजुरा-२ मा गठबन्धनको चुनाव जित्ने आधार

सीगाउँ (बाँके) : बाँकेको खजुरा गाउँपालिका–२ मा चुनावी प्रतिष्पर्धा निकै रोचक देखिएको छ ।
स्थानीय तह निर्वाचन-२०७४ को मत परिणाम अनुसार माओवादी केन्द्र र कांग्रेसको कूल मत जोड्दा पनि एमालेकै अग्रता छ । माओवादी केन्द्रले एक हजार ५०० र कांग्रेसले ५६६ मत ल्याएको थियो । जबकी दुई हजार २४० मत ल्याएर एमाले विजयी भएको थियो । पार्टी विभाजनले एमाले कमजोर बनेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि अहिले निर्वाचनको प्रतिष्पर्धामा छ । एमाले र समाजवादी एक हुँदा एमालेले फेरि पनि बाजी मार्न सक्छ । तर, समाजवादीले यो निर्वाचनलाई सके जित्ने, नसके एमालेलाई हराउने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । समाजवादीका नेता ऋषि पोखरेल भन्छन्, ‘अलि बढी मेहनत गर्दा निर्वाचन जित्छौं । नत्र हामी निकतम् प्रतिद्वन्द्वी हो ।’ एकीकृत समाजवादीले कम्तीमा ३०० देखि बढीमा ७०० मत ल्याउने आँकलन छ । औसत ५०० मत ल्याउँदा पनि गठबन्धनको जित सुनिश्चित छ । खजुरा–२ मा स्थानीय तह निर्वाचन २०७९ मा ७ हजार २७० मतदाता छन् । सबै दलले मत बढेको दाबी गरेका छन् ।
माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन् । माओवादी केन्द्रले वडाध्यक्ष र २ सदस्य अनि कांग्रेसले २ सदस्य पाएको छ । जहाँ वडाध्यक्ष धनराम वली, सदस्य झविलाल विष्ट र महिला सदस्य मैसरी पुन माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । कांग्रेसबाट महिला सदस्य ओविलाल सेन्चुरी र महिला सदस्य प्रभा विक उम्मेदवार छन् । गठबन्धनका सबै उम्मेदवारको चुनाव चिन्ह माओवादीको गोलो घेराभित्रको हसिया हथौडा होे ।
अघिल्लो निर्वाचनका निकटम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धनराम ओली गठबन्धनबाट अध्यक्षका साझा उम्मेदवार हुन् । भेरी अस्पताल विकास समितिको सदस्यको रुपमा काम गरेर लोकप्रिय बनेका ओली माओवादी केन्द्रका खजुरा गाउँपालिका सचिव पनि हुन् । ओली अरु उम्मेदवारभन्दा ‘हेभी वेट’का मानिन्छन् । गठबन्धनका चुनावी अभियन्ता शरद पोखरेल दाबी गर्छन्, ‘मतमा गठबन्धन अगाडि छ । हाम्रो अध्यक्ष ओलीले लोकप्रिय मत पनि पाउनु हुनेछ । वडामा गठबन्धनको सिंगो टिम विजयी हुनेछ ।’

वडाध्यक्षका उम्मेदवार ओली बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् ।

उनीबारे समाजका लब्ध प्रतिष्ठिन व्यक्तिले फेसबुकमा यस्तो स्टाटस लेखेका छन् :