इदको अवसरमा मंगलबार सार्वजनिक विदा

नेपालगन्ज : इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)का अवसरमा गृह मन्त्रालयले मंगलबार सार्वजनिक विदा दिएको छ ।
मन्त्रालयका सहसचिव प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार जारी गरेको विज्ञप्तीमा नेपाल राजपत्रमा गत फागुन २६ मा प्रकाशित सूचना अनुसार इद उल फित्र पर्वमा सार्वजनिक विदाको व्यवस्था गरिएकाले सोही अनुसार विदा दिइएको उल्लेख छ ।