कोरोनापछिको उल्लासमय इद (फोटो फिचर)

नेपालगन्ज : इस्लाम धर्मावलम्बी मुसलमानहरुले कोरोनापछि नेपालगन्जमा धुमधामसँग इद (इद उल फित्र) मनाएका छन् ।

एक महिना रोजा (व्रत) सकिएपछि मंगलबार नेपालगन्जको वीपी चोकस्थित इदगाहमा सयौंको संख्यामा पुगेका मुसलमानहरूले बिहान ८ बजे इदको नमाज पढेपछि एकापसमा गला मिलाएर इदको शुभकामना आदान–प्रदान गरेका थिए ।

एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने र दान गर्ने प्रचलन छ । इदको अवसरमा स्थानीय तहका उम्मेदवारहरु पनि इदगाहमा पुगेर शुभकामना दिँदै भोट मागिरहेका थिए ।