विश्वमा प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ७६औं स्थानमा, ३० स्थान माथि उक्लियो (सूची)

नेपालगन्ज : सन् २०२२ को प्रेस स्वतन्त्रता सूचकाङ्कमा विश्वका १८० देशमध्ये नेपाल ७६औं स्थानमा परेको छ । सन् २०२१ मा नेपाल यो सूचकाङ्कको १०६औं स्थानमा थियो। एकै वर्षमा नेपाल ३० स्थान माथि उक्लेको छ ।
विश्वकै प्रेस स्वतन्त्रताको निगरानी र खबरदारी गर्ने संस्था रिपोर्टर्स विद्आउट बोर्डर्स (आरएसएफ)ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल दक्षिण एशियामा भुटानपछि दोस्रो र एशिया महादेशमा छैटौं पूर्वी टिमोर (१७), भुटान (३३), दक्षिण कोरिया (४३) , जापान (७१) र कीर्गिस्तान (७२) स्थानमा परेको छ । सूचकाङ्कको एक नं. मा नर्वे, २ नं. मा डेनमार्क र ३ नं. मा स्वीडेन रहेको रिपोर्टर्स विद्आउट बोर्डर्सको रिपोर्टमा उल्लेख छ ।