बाँकेमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

नेपालगन्ज : बाँकेमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा मतदान भएको छ । यहाँका मतदाताहरु आफूले चाहेको कुशल र सक्षम नेतृत्व छान्न शुक्रबार उत्साहजनक रुपमा मतदान गरिरहेका छन् । बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार जिल्लामा अहिलेसम्म करिव ५० प्रतिशत बढी मत खसी सकेको छ । बाँकेको तापक्रम उच्च भएपनि यहाँका मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । आफ्ना प्रतिनिधि छनौटका लागि उनीहरु उत्साहित भएर मतदान गरिरहेका छन् ।