बर्दियामा ४६ प्रतिशत मतदान

गुलरिया : स्थानीयतह निर्वाचन अन्तगर्त बर्दियामा अहिलेसम्म करिव ४६ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार कुल मतदाता ३ लाख ११ हजार ४१० मध्य शुक्रबार दिउसो २ बजेसम्म १ लाख ४३ हजार ४७४ अर्थात ४६.०७ प्रतिशत मतदान भएको हो । अहिलेसम्म जिल्लाको बारबर्दिया नगरपालिकामा २३ हजार २०६ मत, राजापुर नगरपालिकामा २१ हजार ६०१, गुलरिया नगरपालिकामा १९ हजार ७७६ मत खसेको छ । त्यस्तै बाँसगढी नगरपालिकामा १८ हजार ८२८, बढैयाताल गाउँपालिकामा १७ हजार ७३७, ठाकुरबाबा नगरपालिकामा १५ हजार २५३ र गेरुवा गाउँपालिकामा ११ हजार २१३ मत खसेको छ ।