मेयर निर्वाचित प्रशान्तको अघिल्लो निर्वाचनमा कांग्रेसले ल्याएको कूल मतभन्दा प्रतिद्वन्द्वीसँगको मतान्तर मात्रै ३ हजार बढी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्ट ११ हजार ७८५ मतान्तरले विजयी भएका छन् ।
शुक्रबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले पाएको कूल मत ११ हजार ६७५ मतभन्दा विष्टको मतान्तर मात्रै ११० बढी छ । विष्टले २३ हजार ४६० मत ल्याएर जित हासिल गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल वैश्यले ७ हजार ५९८ मत मात्र ल्याएका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार डा.सुरेशकुमार कनोडियाले ल्याएको कूल मत ८ हजार ७३० भन्दा प्रशान्तले निकतम् प्रतिद्वन्द्वीबीचको मतान्तर मात्रै ३ हजार ५५ मत बढी छ । त्यो निर्वाचनमा राप्रपाका डा. धवल शम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी भएका थिए ।
उपप्रमुखमा पनि गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्दिन राई ७ हजार ३५ मतान्तरले विजयी भएका छन् । राईले १८ हजा। ९५० र एमालेकी शान्तिदेवी ढकालको १० हजार ९१५ मत ल्याएका छन् । राप्रपाका विन्दु चर्ती मगर १० हजार १३५ मत ल्याएर तेस्रो स्थानमा आइन् ।