-याफ्टिङ गर्दै राप्ती नदीको जैविक विविधता अवलोकन

जैविक विविधताको अवलोकन गर्न राप्ती नदीमा ¥याफ्टिङमा गरिँदै ।

कुसुम (बाँके) : राप्ती नदीको तल्लो तटीय क्षेत्रमा विज्ञसहित संरक्षणकर्मीको टोलीले जैविक विविधताको अवलोकन गरेको छ ।
डिभिजन वन कार्यालय बाँकेले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आइतबार राप्तीसोनारी गाउँपालिकाको वडा नं. १ कुसुमदेखि गाभरसम्म -याफ्टिङबाट झन्डै १० किलोमिटर क्षेत्रफलमा जैविक विविधताको अवलोकन गरेको हो । राप्ती नदीमा परीक्षणका रुपमा मात्र -याफ्टिङमा सुरु भएको छ । व्यवसायिक रुपमा -याफ्टिङ हुँदैन । राप्ती नदीमा -याफ्टिङ गर्दा भोटेकोशीको झल्को दिने तीन वटा ठाउँ भेटिएका थिए । टोलीले नदीमा माछा, नदी किनार, मध्यवर्र्ती क्षेत्र र सामुदायिक वनमा चरा चुरुङी र विभिन्न किसिमका वनस्पतिको अवलोकन गरेका थिए ।
यसअघि राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचत अध्यक्ष तप्तबहादुर पौडेलले जैविक विविधताको अवलोकनको शुभारम्भ गर्दै जैविक विविधताको संरक्षणमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले सभा, गोष्ठी, अन्तरक्रिया कार्यक्रम नगरेर जैविक विविधताको संरक्षणका लागि विज्ञ सहितको टोलीले राप्ती नदीमा अवलोकन गरेको बताए । जैविक विविधतायुक्त यो क्षेत्र जलविहार गर्ने एउटा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना छ ।
वन विभागका महानिर्देशक डा.राजेन्द्र केसी, उप–महानिर्देशक विन्दुकुमारी मिश्र, वनस्पति विभागका महानिर्देशक डा.वुद्धिसागर पौडेल, डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत, जेडएसएलका बाँके प्रमुख विष्णु थपलिया, इलम परियोजना प्रमुख प्रकाश थापा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द
कुमार खड्का, राप्तीसोनारी गाउँपालिका १ का नवनिर्वाचित वडाध्यक्ष यमबहादुर खड्का, वन तथा वातावरण संरक्षण समिति, नेपाली सेनाको अर्जुन वाण गण, राप्तीसोनारी गाउँपालिकाकोे विपद् व्यवस्थापन शाखा, सञ्चारकर्मी, वन संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।