रुपैडिया-नानपारा क्षेत्रमा विद्युत पोलमा रुख ढखेर नेपालगन्जमा ६ घण्टा विद्युत सेवा अवरुद्ध

नेपालगन्ज : आँधी हुरीका कारण रुख विद्युतका पोलका ढलेका कारण सोमबार दिनभर नेपालगन्जमा विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलका अनुसार दिउँसो १ बजेतिर हावाहुरी चलेपछि बिजुलीका पोलमा रुख ढलेर रुपैडियादेखि नानपाराको ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको थियो । साँझ ७ बजेपछि मात्र नेपालगन्जमा बिजुली आएको थियोे । ‘ठाउँठाउँमा अवरोध थियो । अवरोध पन्छाउँदै मर्मत गर्दै सेवा दिएका छौं’, प्रमुख प्याकुरेलले मेरो खुसीसँग भने, ‘सदरलाइन क्षेत्रको एउटा फिडरमा मात्र विद्युत सेवा दिइएको छैन ।’