खजुरा गाउँपालिकाद्वारा ६ समिति गठन

नेपालगन्ज : खजुरा गाउँपालिकामा कार्यपालिकाको पूर्ण बैठकले समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकको अध्यक्षतामा मंगलबार खजुरामा बसेको कार्यपालिका बैठकले ६ वटा समिति गठन गरेको गाउँपालिकाका प्रवक्ता धनराम ओलीले बताए ।
सार्वजनिक तथा क्षमता विकास समितिको संयोजकमा पूर्णबहादुर भण्डारी, सामाजिक विकास समिति संयोजकमा कृष्ण पोखरेल विक, पूर्वाधार विकास समिति संयोजक धनराम ओली, विधेयक समिति संयोजक पार्वती विश्वकर्मा, आर्थिक विकास समिति संयोजक गरिबे शेष र वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा रामगोपाल यादवलाई चयन गरेको हो । खजुराको १६ सदस्यीय कार्यपालिकामा नेकपा माओवादी केन्द्रका ८, नेपाली कांग्रेसका ७ र नेकपा एमालेका एक जना सदस्य छन् ।