मन्त्री राईद्वारा डुडुवामा २५ करोड लागतको बाटो शिलान्यास

रमेशकुमार यादव । कम्दी
नेपाल सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले बाँकेको डुडुवामा सडकको शिलन्यास गरेका छन् ।
डुडुवा गाउँपालिका २ को गन्धैली नालादेखि बेतहनी अमृतपूर्वा रमपूर्वा मिलन चोक हुँदै रांझा जोडने सडकको सोमबार मन्त्री राईले शिलान्यास गरेका हुन् । सो सडक २५ करोड रुपैैयाँको लागतमा निर्माण गर्न लागिएको हो । सो अवसरमा मन्त्री राईले राप्ती पुल र डुडुवा पुललाई फराकिलो निर्माण गराउनु पर्नेमा जोड दिए ।
मन्त्री राईले डुडुवाको वडा नं. १ देखि वडा नं. ६ वडा कार्यालय पुगेर डुडुवा गाउँपालिकाको समस्याबारे जानकारी लिँदै विकास निर्माणमा नेपाल सरकारबाट सहयोग हुने प्रतिबद्धता जनाएको डुडुवा २ का वडाध्यक्ष दुर्गाप्रसाद वर्माले बताए । वडा न ५ वडाध्यक्ष झंकबहादुर थापाले आफ्नो कार्यालयमा पुगेका मन्त्री राईलाई स्वागत गर्दै वडामा बाटो, पुल र कल्भटको आवश्यकता रहेको नेपाल सरकारसँग माग गरेका थिए ।