नेपालगन्ज ग्यालरी १४औं वर्ष प्रवेशका अवसरमा कन्या माविमा वृक्षारोपण

नेपालगन्ज : पश्चिम नेपालको बहुचर्चित फेसबुक पेज नेपालगन्ज ग्यालरीको १४औं वर्ष प्रवेशको अवसरमा सोमबार नेपालगन्ज कन्या माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका ४ सल्यानी बागस्थित विद्यालय परिसरमा विभिन्न १३ जातका बोटबिरुवा लगाइएको हो ।


नेपालगन्ज ४ का वडाध्यक्ष गोपाल पुन, क्लीन नेपालगन्ज ग्रीन नेपालगन्ज अभियन्ता डा. विनोद कर्ण, नेपालगन्ज ग्यालरीका एड्मीन तथा सञ्चारकर्मी समीरमान श्रेष्ठ, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, स्थानीय समाजसेवीले बिरुवा रोपेका थिए । वडाध्यक्ष पुनले विद्यालय परिसरमा गरिएको वृक्षारोपण कार्यले नेपालगन्जलाई ग्रीन सिटी बनाउन मद्दत मिल्ने प्रतिक्रिया दिएका थिए ।