भानुको शालिक स्थापना गर्नेलाई सम्मान

नेपालगन्जको न्युरोडमा भानुभक्तको शालिक स्थापना गर्नेलाई भेरी साहित्य समाजको सम्मान

नेपालगन्ज : भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले भानु जयन्तीको अवसरमा भानुको शालिक स्थापना गर्नेलाई सम्मान गरेको छ ।
समाजले २०९औं भानु जयन्तीको अवसरमा बुधबार नेपालगन्जको भानुभक्त चोकमा आयोजित कार्यक्रममा भानुभक्त शालिक व्यवस्थापन तथा संरक्षण समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, शालिक निर्माण गर्ने लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका निवर्तमान अध्यक्ष शिवप्रसाद दाहाल, लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीलाई सम्मान गरिएको हो ।

त्यसैगरी भानुभक्त शालिक व्यवस्थापन तथा संरक्षण समितिले पनि लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीलाई सम्मान गरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, महेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोपाल अधिकारीलगयतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका थिए ।

सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सैना, केन्द्रीय उपाध्यक्ष चरित्रा शाह, जिल्ला अध्यक्ष बोधराज प्याकुरेल लगायतले नेपाली साहित्यमा भानुभक्तको योगदानबारे कविता र मन्तव्य दिएका थिए ।