बाँकेका स्थानीय तहमा ४५ करोड बेरुजु

नेपालगन्जः बाँकेका स्थानीय तहमा आर्थिक बर्ष २०७७/०७८ मा ४५ करोड बढी रुपैया बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका आठवटा स्थानीय तहको बेरुजु ४५ करोड ४० लाख ६४ हजार पुगेको हो ।
महालेखाले बाँकेका सबै पालिकाको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार रुपैयाको लेखापरिक्षण गरेको थियो । जसमध्य सबैभन्दा बढी कोहलपुर नगरपालिकाको ८ करोड ८७ लाख बेरुजु छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकाको १ करोड ९६ लाख ३२ हजार बेरुजु भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । प्रतिशतको हिसावले जिल्लामा सबैभन्दा बढी जानकी गाउँपालिकामा ६.२० प्रतिशत र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा १.२५ प्रतिशत बेरुजु रहेको छ ।
हेर्नुहोस बाँकेका ८ पालिकाको कसको बेरुजु कती ?